एमएस्सी पशु विज्ञान विषयको भर्ना रद्द

माघ २३, चिवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायले स्नातकोत्तर तहको भर्ना प्रक्रिया रद्द गरेको छ ।

विश्वविद्यालयको डिनको कार्यालयले यही माघ ५ गते भर्नाका लागि लिइएको प्रवेश परीक्षा रद्द गरेको जनाएको हो । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भर्ना कमिटिको निर्णयअनुसार माघ ५ गते लिइएको प्रवेश परीक्षा रद्द गरी फागुन ७ गते पुनःपरीक्षा लिइने जनाइएको छ । गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै आएका थिए । सो सङ्कायकी डिन डा शारदा थपलियाले रजिष्टारको कार्यालयबाट परीक्षा समितिमा रहेका पदाधिकारीले आफ्ना आफन्त भएमा समितिमा बस्न नमिल्ने विश्वविद्यालयको प्रावधान रहेको भन्दै परिपत्र गरेसँगै परीक्षा सङ्कास्पद रहेको भन्ने कुरा आएपछि परीक्षा प्रक्रियानै रद्द गरिएको बताउनुभयो ।

सो परीक्षामा पशु चिकित्साका लागि ३९ जना आवश्यक परेकोमा ७१ जना, ३० जना आवश्यक परेको पशु बिज्ञानमा ११९ जना र ६ जना आवश्यक परेको मत्स्य विज्ञानमा ४५ जनाले प्रवेश परीक्षा दिएका थिए । ती सङ्कायमा स्नातकोत्तरमा दुई वर्षे पढाइ हुने गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.