साढे ३३ किलो सुन प्रकरणः हरिशरण खड्का दुवईमा पक्राउ

माघ २२, काठमाडौं । साढे ३३ किलो सुन तस्करीमा जोडिएका फरार अभियुक्त हरिशरण खड्का संयुक्त अरब इमरेट्सको दुबईमा पक्राउ परेका छन् ।

खड्कालाई दुबईमा पक्राउ गरिएको उच्च प्रहरी स्रोतले जनाएको छ । खड्का सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीसँगै गत पुसमा केन्द्रीय अनुसन्धान व्युरोले समातेको ३३ किलो सुन प्रकरणमा समेत जोडिएका व्यक्ति हुन् । खड्काविरुद्ध रेड नोटिस जारी भएको थियो । खड्का झण्डै १४ वर्षअघि कामदारमा रुपमा दुवई पसेका थिए । दुवईबाटै उनले सुन तस्करीको कारोबार सुरु गर्दै गिरोहकै नाइकेको रुपमा उदाएका थिए । पक्राउ परेका खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल ल्याइने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.