पेरिसको एक भवनमा आगलागी, ८ को मृत्यु

माघ २२, पेरिस । दक्षिण पश्चिम पेरिसको एक भवनमा भएको आगलागीमा ८ जनाको मृत्यु भएको छ । सो आगलागीमा आगो निभाउन गएका मान्छे सहित ३० जना घाइते भएका छन् ।

उद्धारको कार्य अझै भइरहेको र मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । एक जना महिलालाई सो घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार राति सो भवनमा आगलागी शुरु भएको थियो । –बीबीसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.