माघ २१, काठमाडौं । कलाकार तथा सञ्चारकर्मी श्रीकृष्ण सिम्खडाले गरीवका छोराछोरीलाई झण्डा बोकाउने परिपाटीलाई अन्त्य गर्न राजनीतिक दलहरुलाई आग्रह गरे । राजनीतिक दलका नेताहरु धनि बन्ने र गरीवका छोराछोरी बेरोजगार भएर बस्नुपर्ने बाध्यतालाई स्मरण गराउँदै अब देशमा विकास र निर्माण कार्यमा क्षमताअनुसार युवालाई सहभागीता गराई स्वारोजगारमैत्री बनाउन राज्य र सरोकारवाला पक्ष लाग्नुपर्ने बताए ।
अहिले देशमा विचार एकतिर व्यवहार अर्कोतिर भएकोले परिवर्तन हुन नसकेको हो । सिम्खडाले आफ्नो २५ वर्ष सञ्चार क्षेत्रको अनुभवसंगै वर्तमान समयका सञ्चारकर्मीलाई पनि भ्रष्ट्रचारहरुको अन्र्तवार्ता नलिन आग्रह गरे । देश बनाउने जिम्मा नागरिकको भएको बताउँदै राजनीतिक दलले के गर्छ भन्ने आशामा बस्न नहुने बताउँदै खबरदारीका साथ आफ्नै क्षेत्रबाट विकासको मुल फुटाउन आवश्यक रहेको बताए । भ्रष्ट्रचारीहरुलाई सञ्चार क्षेत्रमा स्थान दिईयो भने झन देशमा खतरा पैदा हुने छ ।
केही समय अगाडी सुन्दरीजल स्थित तारेभीर महोत्सवमा बोल्दै कलाकार सिम्खडाले जनजीविकाको पक्षमा मध्यनजर राख्न सरकारलाई आह्वान गर्दै तारेभीरमा भएको स्थानीय उत्पादन तथा आर्थिक आम्दानीको पाटोलाई अवसरको रुपमा विकास गराउन ध्यानाकर्षण गराए । तारेभीरको विकास र परिवर्तनका लागि केवलकार निर्माण गर्ने योजनालाई रहेको सुनाउँदै उक्त कार्यमा स्थानीयहरुकै सहभागीता रहनुपर्ने बताए । ठूला–ठूला माफियाहरुलाई केवलकार निर्माणको काम नदिन समेत आग्रह गरे ।

