माघ १७, काठमाडौं । नेपाल हक्की संघको आयोजनामा माघ २६ बाट गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरूष हक्की प्रतियोगिता हुने भएको छ ।
झापाको भद्रपुरमा फागुन ४ गतेसम्म हुने प्रतियोगितामा दश टोली सहभागि हुनेछन् । सात प्रदेशका ७ टोली र नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र पाकिस्तानको एक टोलीले सहभागिता जनाउने संघले जनाएको छ । त्यसलगत्तै फागुनमा बिराटनगरमा गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की प्रतियोगिता हुनेछ । महिलामा प्रदेश नं. ५ र ७ बाहेकका पाँच टोली र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नक आउट प्रतियोगितामा प्रतिस्पर्धा गराइने नेपाल हक्की संघले जानकारी दिएको छ । घले गत साता हेटौंडामा सहाना प्रधान राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पनि ६ टोलीले सहभागिता जनाएका थिए । नेपालमा हक्कीको इतिहास २०११ सालदेखि रहे पनि यसले खासै चर्चा भने पाएको छैन । तथापि पछिल्लो पटक पाकिस्तानमा हक्की सिरिज खेलेपछि नेपाल अन्तर्राष्ट्रिय हक्की संघको बरियतामा पर्न सफल भएको छ । नेपाल ८८औं स्थानमा छ ।

