नेपाल तामाङ समाजद्वारा ल्होछार कार्यक्रम गर्दै

माघ १६, काठमाडौं । नेपाल तामाङ समाजद्वारा काठमाडौंमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

समाजले माघ १९ गते शनिवार काठमाडौंको बसुन्धारा स्थित मेगा पार्टी प्यालेसमा तामाङ समुदायका विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागीता सहित शुभकामान तथा साँस्कृतिक कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष पेमा लामाले जानकारी दिईन् । प्रदेश ३ का उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा पूर्व कानुन मन्त्री दिलमान पाख्रिन, पूर्व सांसद तिर्थ लामा, जापानका लागि पर्वू राजदूत डा. गणेश योञ्जन, युवा नेता सार्कीमान लामा लगायत थुप्रै संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहने आयोजकले जानकारी दिए ।

शुभकामना कार्यक्रममा तामाङ समुदायको अधिकार, भाषा, संस्कृति र विश्वभरि छरिएर रहेको तामाङहरुलाई एक्यवद्धता गराउन शन्देश समेत प्रवाह गर्ने उद्देश्यले आयोजना गरिने बताएको छ । कार्यक्रममा गायक रोज मोक्तान, सन्जिव वाईवा, रोशन फ्युवा, गायिका बसन्ती लामा लगायत चर्चित कलाकारहरुको प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.