अस्ट्रेलियामा रोजगारी लाइदिने भन्दै लाखौँ ठग्ने ६८ वर्षीय घले जेल चलान

माघ १६, काठमाडौं । अस्ट्रेलियामा पानी जहाजमा काम लगाइदिने भन्दै विभिन्न ब्यक्तिसँग रकम ठगी गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुर महानगरपालिका–१३ बस्ने ६८ वर्षीय हेमबहादुर घलेलाई पक्राउ गरेको हो ।

टोलीले उनलाई मंगलबार ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतको २०७४ भदौ १५ को फैसलाले घलेलाई ६ महिना कैद सजाय र ९ लाख ८७ हजार ४ सय ६६ रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। घलेले विभिन्न ब्यक्तिलाई अष्ट्रेलियामा मेरा मान्छे छन । प्रतिब्यक्ति मासिक १८०० अमेरिकी डलर पारिश्रमिक हुने पानी जहाजको काम लगाई दिने भन्दै प्रतिब्यक्ति आठ लाख भन्दा बढी रकम उठाएर ठगी गरेका थिए।

सीआईबीका अनुसार उनले चारजना ब्यक्तिहरुबाट २९ लाख ६२ हजार पाँच सय रुपैयाँ ठगी गरेका हुन । अदालतको आदेशले घलेलाई कैद भुक्तानको लागि मंगलबार डिल्लीबजार कारागार पठाईसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.