मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना

माघ १६, चिप्लेढुङ्गा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीद दिवसको अवसरमा शुभकामना दिनुभएको छ । मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमार्फत देश र जनताका लागि आफ्नो अमूल्य जीवन बलिदानी गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

राणा शासनको क्रुर कालखण्डमा प्रजातन्त्र प्राप्तिका लागि जीवनलाई सहजै देशका लागि आहुती दिने चार महान् शहीद तथा प्रजातन्त्र पुनःस्थापना एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि साहदत प्राप्त गर्ने सम्पूर्ण वीर सपूत सदा हामी सबैका पथप्रदर्शक र आदर्श व्यक्तित्वका रुपमा रहिरहनुहुनेछ सन्देशमा भनिएको छ । शुभकामना सन्देशमा मुख्यमन्त्री गुरुङले शहीदको त्याग र बलिदानको उच्च सम्मान गर्दै उनीहरुको सपना साकार पार्न र उनीहरुले देखाएको बाटोमा अघि बढ्न प्रदेश सरकार प्रयत्नशील रहेको र रहहिरने प्रण गर्नुभएको छ । राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट भएर लाग्न यस दिनले हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उहाँले सबैमा शुभकामना प्रकट गर्नुभएको छ ।– रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.