बगिरहेको अवस्थामा एक युवतीको शव फेला

माघ १६, सप्तरी । सप्तरीमा एक नहरमा बगिरहेको अवस्थामा एक किशोरीको शव फेला परेको छ। जिल्लाको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षीया छोरी श्यामकुमारीको शव फेला परेको हो ।

हत्या गरेर नहरमा फ्यालेको हुन सक्ने अथवा डुबेका कारणले मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षण गरी आफन्तलाई बुझाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.