पूर्वयुवराज पारसको स्वास्थ्यमा सामान्य सुधार

माघ १५, काठमाडौं । हृदयाघात भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वयुवराज पारश शाहको स्वास्थ्यमा सामान्य सुधार आएको छ ।

यद्यपी उनको अवस्था खतरामुक्त भने भइ नसकेको अस्पतालले जनाएको छ । हृदयाघात भएपछि उनलाई हिजो अपराह्न अस्पताल भर्ना गरिएको थियो । अस्पतालले गरेको परीक्षणमा उनलाई कडा हृदयाघात भएको पाइएको थियो । अस्पतालका मुटुरोग विशेषज्ञ डा। यादवदेव भट्ट नेतृत्वको चिकित्सकको टोलीले उनको मुटुको शल्यक्रिया गरेको थियो ।

अस्पतालले शाहको मुटुको धमनी पूर्णरुपमा बन्द भएकाले कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपणको काम सफलतापूर्वक गरी सीसीयुमा राखिएको जनाएको छ । पारसको उपचारमा डा. भट्टसहित डा. जेपी जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न छ । पारसलाई तेस्रो पटक हृदयाघात भएको हो । यसअघि पनि उनको मुटुको नलीमा स्टेन्ट राखिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.