गुम्बा विहारको पुर्ननिर्माणमा ढिलाई नगर्न पूर्व मन्त्रीहरुको ध्यानाकर्षण

माघ १४, काठमाडौं । नेपाल गुम्बा विहार महासंघले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीलाई भुकम्पले क्षतिग्रस्त गुम्बा विहारको पुर्ननिर्माणमा स्थानीय तह र उपभोक्ता समितिले ५० प्रतिसत रकम ब्यहोर्न नसक्ने धारणा राखेको प्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा पुर्व कानुनमन्त्री शेर बहादुर तामाङले गुम्बा विहारको पुर्ननिर्माणमा भईरहेको ढिलाईले साँस्कृतिक विचलनको स्थिती पैदा भएकोमा ध्यानाकर्षण गराउनु हुँदै पुर्ननिर्माण कार्यलाई पिडित सरोकारवाला पक्षहरुको भावना अनुसार अगाडी बढाउन आग्रह गर्नु भयो । त्यस्तै पूर्वराज्य मन्त्री तथा सांसद दीलमान पाख्रिनले पुर्ननिर्माण प्रक्रियाले गति लिन नसक्दा राज्यप्रति नै वितृष्णा बढीरहेको प्रति सचेत गराउनु हुँदै जनताको आश्थालाई सम्मान गर्दै विनाशकारी भुकम्पले क्षतिग्रस्त गुम्बा विहार पुर्ननिर्माण प्रक्रिया छिटो शुरु हुने पर्ने धारणा व्यत्तल गर्नु भयो । त्यस्तै अर्का पूर्व पर्यटन राज्य मन्त्री पर्शुराम तामाङले पुर्ननिर्माण प्रक्रियामा अवरोध हुनु समुदायको आश्था माथीकै प्रहार भएकोमा जोड दिनु हुँदै पुर्ननिर्माण प्रक्रिया कुनै पनि वहानामा ढिलाई हुन नहुने बताउनु भयो ।

आईतबार महासंघको प्रतिनिधिमण्डलले कार्यकारी निर्देशक ज्ञवालीलाई प्राधिकरणको कार्यालयमा भेट गरी गत असोज २५ गते प्राधिकरण र सरोकारवाला पक्षको नाममा गरिएको निर्णय बारे स्थानीय निकायले क्षतिग्रस्त गुम्बा विहारको पुर्ननिर्माणमा पचास प्रतिशत रकम अनुदान दिन नसक्ने राय दिएकाले पुर्ननिर्माण प्रक्रिया अगाडी बढाउन समस्या आउने बताउँदै पुर्ननिर्माण प्रक्रियालाई सहज रुपमा अगाडी बढाउन दवाव स्वरुप ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको हो । ज्ञापनपत्रमा २०७४ साल भाद्र २५ गते भएको सम्झौता अक्षरशः पालना गर्न, गुम्बा विहार पुर्ननिर्माण प्रक्रिया छिटो शुरु गर्न,क्षति मापन सर्भे गर्न तथा छुटेको गुम्बाहरुलाई क्षतिको सुचिमा समावेश गर्न लगायत ७ बुंदे माग समेत गरिएको छ ।

महासंघका सचिव दीपक दोर्जे लामाले विज्ञप्ति वाचन गर्नु भयो भनें महासचिव रामेश्वर ढकालले कार्यकारी निर्देशक ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा खेम्पो गुरु निङ्मा रिन्जी शेर्पा, गुरु जित बाहादुर लामा, केन्द्रिय सदस्य दिपक सिङ्गतान, केन्द्रिय सदस्य दोर्जे गुरुङ तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.