माघ १२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरुले सरकारविरुद्ध आइतबार संयुक्त प्रदर्शन गर्ने भएका छन् ।
नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघले आइतबार संयुक्त प्रदर्शन गर्ने भएका हुन् । “संसदीय व्यवस्थामाथि धावा वोल्न थालेको ओली नेतृत्वको सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकारका विरुद्ध तीन वर्गीय संगठन संयुक्त प्रदर्शनमा उत्रिन लागेका हौं,” नेविसंघ अध्यक्ष नैनसिंह महरले भने । उनका अनुसार प्रदर्शन आइतवार दिउँसो सवा १२ बजे प्रदर्शन सुरु हुनेछ ।

