यस्तो बन्यो ‘यात्राः अ म्युजिकल भ्लग’ को पोष्टर

माघ १०, काठमाडौं । सम्राट शाक्यको डेब्यु निर्देशन फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ को पोष्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोष्टरमा राइजिङ् स्टार सलिन मान बानियाँ र मालिका महतको प्रेम र मित्रता साथै फिल्मका सम्पूर्ण कलाकारको लुक्स अटाइएको छ ।  यात्राको क्रममा आउने घटनाक्रमलाई फिल्ममा प्रस्तुत गरिएको छ । सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल लगायतको अभिनय रहनेछ । साथमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।  फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा कमाएका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।  सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.