विमानस्थलमा उडान तथा अवतरण प्रभावित

माघ १०, काठमाडौं । बिहिबार बिहानैदेखि हुस्सु लागेका कारण त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको उडान तथा अवतरण प्रभावित भएको छ ।

भिजिबिलिटी कम भएका कारण बिहीबार बिहानैदेखि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । आज बिहानको भिजिबिलिटी ३०० मिटर मात्रै रहेको उनले बताए। सामान्यतया उडान तथा अवतरणका लागि भिजिबिलिटी १५०० मिटर वा त्यो भन्दा माथि हुनु पर्छ । बिहानैदेखि उडान तथा अवतरण प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् । केही दिनदेखि काठमाडौँबाट लुक्ला, फाप्लु, लामिडाँडासहितका पहाडी क्षेत्रमा हुने उडानहरु पनि मौसमकै कारण प्रभावित भएका छन् ।

पश्चिमी वायुको प्रभावले बदली भएको मौसम अभै दुई दिन पूर्ण रुपमा नखुल्ने भएको छ। नयाँ प्रणाली विकास भइरहेकाले अझै दुई दिन देशै भरीको मौसम पूर्ण रुपमा नखुल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायूको प्रभावको कारण देशका धेरै ठाउँमा सोमबादेखि हिमपात र वर्षा भएको छ ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.