गाडीका सिट निकाल्दै ट्राफिक प्रहरी

माघ ८, डोटी । जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।

डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी दुर्घटना बढेपछि लामो दूरीका गाडीले आफूखुशी जोडेका सिट हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चालकले जथाभावी आफूखुशी सिट जडान गरेपछि यात्रा जोखिमपूर्ण हुने तथा बढी दुर्घटना निम्त्याउने भएका कारण हामीले सिट हटाउन थालेका हौँ ।” आफूखुशी सिट जडान गरी चालकले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटना निम्तिएको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक प्रहरीले लामो रुटका गाडीले जोडेका सिट हटाउन थालेपछि यहाँका स्थानीयवासी पनि निकै खुशी भएका छन् । सवारी पासभन्दा बढी यात्रु बोक्ने र जथाभावी सिट जडान गर्ने गाडी चालकलाई कारवाही गर्ने नियम बनाइएको छ ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.