मानव अधिकार आयोगको प्रवक्तामा भट्टराई

माघ ७, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्यको जिम्मेवारी हेरफेर भई प्रवक्ताको जिम्मेवारी आयोगका सचिव बेद भट्टराईलाई दिइएको छ ।

आयोगको गत पुस ११ गतेको निर्णयअनुसार कार्यविभाजन भई प्रवक्ताको जिम्मेवारी सचिव भट्टराईलाई दिइएको हो । आयोगका सचिव भट्टराईले रासससँग कुरा गर्दै भन्नुभयो, “आयोगका सदस्यको कार्यविभाजन भएको हो, सञ्चारमाध्यममा आएको जस्तो सदस्यको जिम्मेवारी खोसिएको होइन, कार्यविभाजन भएको पनि पहिलोपटक होइन, तेस्रो पटक हो ।” यसअघि आयोगका सदस्य मोहना अन्सारी प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.