प्रारम्भ खबर ।
माघ ४, काठमाडौं । तामाङ समुदायको नयाँ वर्ष एवम् महान पर्व सोनाम लोछार नजिकिदै गर्दा गायिका इन्दिरा गोले गुरुङको नयाँ ल्होछार गीत सार्वजनिक भएका छन् । सुशन लामाको शव्द संगीत रहेको उक्त गीतमा नुर्बु शेर्पाको एरेन्ज र रेकर्ड मिक्स सुमन खड्काले गरेका छन् ।
गायिका इन्दिराको स्वरमा रहेको सो गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । सूर्य लामाको छायांकन, निर्देशन तथा सम्पादन रहेको उक्त म्युजिक भिडियोमा म्युजिक भिडियोमा नृत्य निर्देशक अभि लामा र नायिका अनिता गोलेको अभिनय रहेको छ भने भिडियो कोरिया ग्राफर अभि लामाकै रहेको छ ।

