विपतमा स्वास्थ्य तथ्यांक संकलन गर्न मोबाइल एप

माघ ३, काठमाडौं । विपतमा स्वास्थ्य तथ्यांक संकलन गर्न नेपाल नर्सिङ संघले मोबाइल एप सार्वजनिक गरेको छ ।

विपतको बेलामा स्वास्थ्य सम्बन्धी जोखिम न्यूनीकरणका लागि तथ्यांक संकलन गर्नुका साथै इपिनर्सले आवश्यकता अनुसार नर्सिङ केयर प्रदान गर्न मोबाइल एप सार्वजनिक गरेको संघकी उपाध्यक्ष अप्सरा पाण्डेले बताइन् । उनले भनिन्, “संघले विपत आउनु भन्दा अगाडि र पछाडि इपिनर्सहरुलाई कसरी काम गर्ने भन्नेबारे दुई दिन तालिम दिनेछ ।”

हाल १४ जिल्लामा २०० भन्दा बढी इपिनर्स तयारी गरेको संघले जनाएको छ । यो एपको परीक्षण काठमाडौँ, मेलम्ची, पोखरा र बुटवलमा गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.