प्रारम्भ खबर ।
पुस २९, काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बौद्ध स्तुपालाई ७ ठाउँमा ताला लगाएर बन्दक बनाएको छ । अध्यक्ष लामाले गत २० गते शुक्रबार पुजारी लामा र सुरक्षामा बसेका केही कर्मचारीहरुलाई समेत हातपात गरी पुजा गरिने ७ प्रवेशद्वारमा आफुखुसी ताल्चा लगाएको घ्याङ गुठीका लामाहरुले बताउँदै आएको छ ।
अध्यक्ष लामाले बौद्ध घ्याङ गुठीको संरक्षणमा रहेको सो स्थानहरुको ताल्चा काटेर अर्को नयाँ ताला लगाएर गएको भन्दै स्थानिय सरकार काठमाडौं महानगरपालिका वडा ६ का कार्यालय, महानगरिय प्रहरी वृत्त बौद्ध, जिल्ला प्रशासन कार्यालय काठमाडौं र गुठी संस्थानको प्रधान कार्यालयमा जानकारी गराउँदै न्याय मागेका थिए । निर्वाचित जनप्रतिनिधि प्रदेश सांसद छिरिङ दोर्जे लामा लाई समेत सो कुराको जानकारी गराई घ्याङ गुठीले समस्याको समाधान खोज्दै आज ताला खोल्न बोलाउँदा विकास समितिका अध्यक्ष राजकुमार लामा नआएको घ्याङ गुठीले जनाएको छ ।

महानगरी प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख नरेन्द्र चन्द सहितको टोलीको र वडा अध्यक्ष दिपेन्द्र लामा, स्थानीयवासीहरुको उपस्थित भए पनि अध्यक्ष राजकुमार लामालाई बोलाउँदा समेत उपस्थित नभएका कारण भोलि सोमबार सहमती सहित समस्याको समाधान गर्ने गरी पुनः गुठीबाट आज २ ओटा ताल्चा लगाएको छ । स्तुपा भित्रको बहुमुल्य सामानहरुको सुरक्षाका लागि घ्याङ गुठीले ताल्चा लगाएको लामा विभागका प्रमुख साङगे लामाले बताए । कानुनी मापदण्ड विपरीत ताल्चा लगाएर गएको भन्दै कानुनी कारवाहीको माग गर्दै आएको घ्याङ गुठीले आजै त्रिपक्षीय संस्थाका प्रतिनिधिहरु बसेर विवाद समाधानको निकासा खोजिए पनि बौद्ध प्रहरी प्रमुख नरेन्द्र चन्दले रातको समय भएका कारण अध्यक्ष राजकुमार लामालाई नबोलाउने र सोमबार नै विवाद टुंगोमा पु¥याउने बताए ।

