भिम लामा
पार्क भन्ने बित्तिकै सबैको मन प्रफुल्ला भएर आउने गर्छन् । जहाँ रमणीय र आकर्षक बगैँचा अनि बस्ने स्थानहरु । त्यही बगैँचा र फुलहरुसंगै रमाउने बालकदेखि युवा, युवतीहरु र वृद्धबृद्धासम्मका लागि मनोरञ्जनको थलोको रुपमा लिईन्छ पार्क ।
मनको थाकान अनि नयाँ सोँचको विकासका लागि पनि एकान्त वा पार्क नै रोज्छन् व्यक्तिहरु । संसारका हरेक मानव जातिलाई घर होस या अफिसको कार्यले मानसीक रुपमा तनाव बढेकै हुन्छन् । त्यस प्रकारका तनाव र थाकानलाई मेटाउन छुट्टिको दिन पारेर परिवारसंगै अथवा एक्लै घुम्न जाने गर्छन् । अधिकंश मान्छेको आराम तथा मनोरञ्जनको रोजाई बन्ने गरेको हुन्छ पार्क ।
त्यस्तै उद्देश्यले निर्माणका लागि प्रस्तावित पार्क हो राष्ट्रिय शहिद तथा शान्ति स्मारक पार्क । जुन काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णको जगडोलमा पर्दछ । विगत ११ वर्ष अघिदेखि निर्माण चरणमा प्रवेश पाएको उक्त पार्कले १२ औं वर्षमा प्रवेश गर्दा समेत पूर्णता पाउन सकेको छैन् । बजेट नभएको पनि होईन त्यस पार्कमा । पार्क निर्माणका लागि भनेर तत्कालिन शान्ति तथा पुनःनिर्माण मन्त्रालयले कार्यविधि नै तयारी पारी पार्क व्यवस्थापन समिति समेत खडा गरिएका थिए । उक्त व्यवस्थापन समितिले भने निर्माण कार्यलाई न्याय दिन सकिरहेको छैन् । व्यवस्थापन समितिकै अध्यक्ष समेत रहेका सुर्दशन सिग्देल भने पटक–पटक विवादमा मुछिदै आए पनि उनि बाहेक अरु कोही पार्क समितिका नेतृत्व सम्हाने कुरै गर्दैनन् त्यहाँ ।
निर्माण समयमै नसकिनुको मुख्य जड पनि पार्क व्यवस्थापन समिति र नेतृत्वकै देखिन्छ । गुरु योजना अन्र्तगत ५ ओटा प्याकेज निर्माणका लागि करिव ४७ करोड बजेट विनियोजित भए पनि हालसम्म आउँदा २९ करोड खर्च भएको दावी गर्दै आएका छन् पार्क समितिका अध्यक्ष सिग्देल । उनै सिग्देल पार्कको भौतिक संरचना निर्माण कार्य ७० प्रतिशत सम्पन्न भयो भन्ने पटक–पटकको हाम्रो फलोअप भन्दै आएका छन् । तर हाम्रो नजरले हेर्दा उक्त कार्य ३० प्रतिशत पनि सम्पन्न नभएको र लथालिङ्गा अवस्थामा छाडिएको देखिन्छ ।
मुलुक परिवर्तनका लागि ज्यान बलिदान दिएका शहिद तथा जनआन्दोलन २०६२÷०६३ मा ज्यान गुमाएका शहिदहरुको सम्मान र सम्झना स्वरुप बन्ने उक्त स्मारक पार्क अहिले भने शहिद नै बनिरहेको अवस्था छ । विभिन्न कालखण्ड र परिस्थितिको व्यवस्था परिवर्तनसंगै संघीय संरचना समेत निर्माण भईसकेको अवस्थामा उक्त पार्क निर्माणले भने पुर्नता पाउन सकिरहेको छैन् । आर्थिक अपारदर्शीता र समितिको लपरवाहीका कारण निर्माण कार्यमा अवरोध आईरहदा सम्बन्धित निकाय र सरोकारवालाहरु भने मौन बसेका छन् । आर्थिक तथा अन्य प्रशासनिक गतिविधिमै प्रश्न चिन्ह उब्जिएको छ । तर सम्बन्धित क्षेत्रका जनप्रतिनिधि भने कानमा तेल हलेर टुलुटुलु हेरिरहेका छन् । प्रश्न समितिमा मात्रै होईन त्यहाँ तीन तहका जनप्रतिनिधिलाई पनि तेर्सिएको छ । विकास निर्माणभन्दा राजनीतिक विकासमा बढि रुचि राख्ने त्यस क्षेत्रका स्थानिय सरकार, प्रदेश सांसद र प्रतिनिधिसभाका सांसद भने मै चुप तै चुप गरि बसिरहेका छन् । यहाँनिर गम्भिर प्रश्नहरु पनि नउठेका होईनन् । निर्वाचनका समयमा आफ्नो पक्षमा भोट प्राप्त गर्न र जिताउन समेत त्यस राष्ट्रिय शहिद तथा शान्ति स्मारक पार्कमा राम्रै राजनीतिक बहस चलेको बन्ने तर्कबिर्तक पनि सुन्नमा आएको छ । हो यस्तै बहस र सम्झौताहरु नै विकास निर्माण कार्यका बाधक हुने गर्दछ । पार्क निर्माण व्यवस्थापन समितिको कार्यकाल समयअवधी दुई पटक सकिएर नयाँ समयअवधि थपे पनि निर्माण कार्य सम्पन्न गर्न नसकिएको कुरा प्रतिवेदनले देखाइएको छ ।
त्यस्तै २०७४÷०७५ को आर्थिक प्रवेशसंगै समितिको कार्यकाल समाप्त भई वैधानिकता नपाएको अवस्थामा अध्यक्ष सुर्दशन सिग्देल भने पुनः एक कार्यकालको लागि आफु नै अध्यक्ष हो भन्दै प्रचारवाजी गर्दै आएका छन् । उनै सिग्देलले अध्यक्षकै हैसियतले अलोकतान्त्रिक र अवैज्ञानिक तरिकाले पुनः कर्मचारी नियुक्ति गर्दै कामकारवाही समेत गरिरहेका छन् । अझ अर्को कुरा त सिग्देल आफै २०७७ सालसम्मको लागि अध्यक्ष सिफारिस भएर आएको छु अव कामले पुर्णता पाउँछ, सहरी विकास मन्त्री ज्युले नै सिफारिस दिएको भन्दै भ्रमित प्रचार गरिहेका छन् । तथापी उनै अध्यक्षकै कमजोर नेतृत्वका कारण बन्न नसकिएको गौरवका योजना पार्कमा मनोमानी हुदाँ सरोकारवाला तथा सम्बन्धित निकाय किन मौन छन् जनजनको जिज्ञासा बनिरहेको छ । बन्दै गरेको पार्कले शहिदको न्याय र सपना साकार होस शुभकामना ।

