पुस २६, काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौं तारकेश्वर नगरपालिका–४ दगुर्नेपानीमा अवैध ७ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
घर तथा टहरा भाडामा लिई जिल्ला रसुवा स्याफ्रुवेशी घर भएकी लाक्पा शेर्पाले उत्पादन गर्दै आएको मदिरा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको हो । यस्तै महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा रहेका भट्टी पसलहरू चेकजाँज गर्ने क्रममा ७ सय अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।

