आमाको किरियापुत्री बस्ने श्रीमतीको निर्णयलाई सांसद तामाङले गरे उच्च सम्मान

पुस २६, काठमाडौं । पूर्व सभासद् तथा वर्तमान प्रदेशसभा सांसद उषाकला राईले कपाल खौरी आफ्नी आमाको किरियापुत्री बसेकी छिन् । उनी आमाको निमोनियाको कारण उपचारका क्रममा ग्राण्डी अस्पतालमा बुधावार निधन भएको थियो ।

उषाका दाजुभाई छैनन् । दाजुभाई नभएपछि उनी आफै किरियापुत्री बस्ने निर्ण गरेकी हुन् । आमाको किरियापुत्री बस्ने श्रीमतीको निर्णयको सांसद तामाङले उच्च सम्मान गरेका छन् ।

सांसद तामाङले फेसबुकमा यस्तो लेखेका छन्–

‘उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरासरह समान अधिकारका लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिवद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री बसेर समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.