फोहोर नउठाउने कर्मचारीलाई कारवाही गर्ने मेयर शाक्यको चेतावनी

पुस २५, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोर नउठाउने कर्मचारीहरुमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

मेयर शाक्यले फोहोर उठाउने कर्मचारीहरुले सहमति विपरित काम अवरुद्ध पार्न सुरु गरेको उल्लेख गर्दै उनीहरुमाथि कडा कारवाही गर्ने बताएका हुन् । बुधबार काठमाडौंमा आयोजित ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’मा बोल्दै उनले फोहोर उठाउने अभियानमा साथ दिन नेपाल प्रहरीलाई पनि आग्रह गरे । फोहोर उठाउने कर्मचारीहरुले फोहोर व्यवस्थापन नगरेर खाली दुःखमात्रै दिने गरेकोमा मेयर शाक्यको आपत्ति छ ।

मेयर शाक्यले काठमाडौं महानगरपालिकालाई स्वच्छ र सफा बनाउने अभियानमा साथ दिन पनि सबैलाई आह्वान गरे । सामूहिक प्रयासबाट मात्रै महानगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउने सकिने मेयर शाक्यको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.