डा. केसीले अनसन बस्नुपरे प्रधानमन्त्री नै कलंकित हुने– विवेकशील

पुस २५, काठमाडौं ।  विवेकशील साझा पार्टीले सरकार र डा गोविन्द केसी बीच भएको सम्झौता पालना गर्न सरकारसँग आग्रह गरेको छ।

पार्टी संयोजक उज्ज्वलबहादुर थापासहितको टोली प्रधानमन्त्री कार्यालय बालुवाटार पुगेर सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो। प्रधामनन्त्रीको सचिवालयमा बुझाइएको ज्ञापनपत्रमा साउन १० मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्झौता कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको अभिव्यक्तिको सरकारलाई स्मरण गराइएको छ।

विधेयक अहिलेकै स्वरुपमा पारित भएमा डा केसीसँगको सम्झौताविपरित हुने उल्लेख गरिएको छ। विवेकशील साझाले सरकार प्रमुखका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिका कारण डा केसीले पुनः सत्याग्रह बस्ने अवस्था आएको आरोप लगाएको छ। डा केसीले पुन सत्याग्रह बस्नुपरेमा प्रधानमन्त्री नै कलंकित हुने भन्दै सचेत बनाइएको छ। डा केसीको अनसन रोक्नका लागि प्रधानमन्त्रीको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको औंल्याइएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.