काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न स्थानबाट चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुर बस्ने काभ्रेका गोबिन्द तामाङ, कोटेश्वर बस्ने रामेछापका राहुल मगर, थानकोट बस्ने मकवानपुरका सुनिल आलेमगर, भक्तपुर सुर्य्विनायकका मधु महत र भक्तपुरकै सबिन महतलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट चोरीमा प्रयोग भएको बा२ख ३७ नम्बरको बस, गाडिको डिस ४ थान, गाडिको टायर ४ थान बरामद गरेको छ । उनीहरुले भक्तपुर नगरपालिका २ बस्ने रोशन गाईजुले संचालन गरेको सगरमाथा बिल्डर्स प्रालिमा पुस २२ गते चोरी गरेका थिए ।

