पुस २४, प्युठान । स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोकायलाई विप्लव नेकपा समूहका कार्यकर्ताले कालोमोसो लगाएका छन्।
आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको, उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई मिलाई मोटो रकम अनियमितता गरेको, जनतामाथि अनावश्यक कर थुपारेको, संस्थागत रुपमा भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदैं नगर प्रमुख रोकायमाथि कालोमोसो दलिएको हो । प्राकृतिक स्रोत साधनमाथि नीति नियम विपरीत कमिशनको भरमा दोहन गर्न खोजेको र कर्मचारी पदपूर्तिमा विज्ञापन गरेको देखाई आफू निकट उम्मेद्वारलाई नियुक्त गरेको भन्दै जनकारवाही स्वरुप कालोमोसो दलेको नेकपा प्युठानले जनाएको छ ।
नेकपा प्युठानले यसलाई पहिलो चरणको कारवाहीको संज्ञा दिएको छ । यसअघि पनि विप्लव नेकपाले स्थानीय जनप्रतिनिधिमाथि जनकारवाही भन्दैं कालोमोसो दल्दैं आएको थियो ।

