राजदूत लक्की शेर्पाले दिइन् राजीनामा

पुस २४, काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव तस्करीको आरोप लागेकी शेर्पाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार परराष्ट्र मन्त्रालयमै भेटेर राजिनामा बुझाएकी हुन् ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शेर्पालाई राजिनामा दिन सुझाएका थिए।

राजदूत शेर्पालाई उनकै सवारी चालक वाङ्छु शेर्पाले मानव बेचविखनमा संलग्न रहेको आरोप लगाएका थिए। उनले आफुलाई समेत मोटो रकम लिएर अष्ट्रेलिया लागेको बताएका थिए । उक्त आरोप लागेपछि परराष्ट्रले उनीमाथि स्पष्टीकरण सोधेको थियो । चालकलाई कामबाट निकाला गरेपछि विवादमा पार्ने प्रयास गरिएको उनले दाबी गर्दै आएकी छिन् । राजदूत शेर्पा तत्कालीन नेकपा (माओवादी केन्द्र) को कोटाबाट राजदूत नियुक्ति भएकी थिइन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.