कांग्रेस संसदीय दलको बैठक बस्दै

पुस २४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक मंगलवार दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्न लागेको हो।

बैठकले बुधबारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने कांग्रेसले जनाएको छ । बैठकमा सरकारले गरेका पछिल्ला गतिविधलगायत विषयमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए।

गत पुस २२ गतेको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले बोल्न नदिएपछि कांग्रेसले संसद अवरोध गरेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.