‘अब रबिन्द्र अधिकारीलाई कालोमोसो दल्छौं’– बैद्य माओवादी

पुस २३, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले वाइडबडी प्रकरणमा मुछिएका नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सार्वजनिक स्थानमा कालोमोसो दल्ने चेतावनी दिएको छ।

क्रान्तिकारी माओवादीले सोमावार वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गर्ने लाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको थियो । कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका नेताहरुले पार्टीको नीति अनुरुप भ्रष्टाचारीलाई कारवाही अगाडि बढाएको बताए । कार्यक्रममा नेता सुरेश श्रेष्ठले वाइडबडी प्रकरणमा भ्रष्टाचारमा मुछिएका मन्त्री अधिकारीलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउँदै कालोमोसो दल्ने चेतावनी दिएका हुन् । क्रान्तिकारी माओवादीले शुक्रवार नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेका थिए । कालोमोसो दलेको आरोपमा क्रान्तिकारी युवा लिगका केन्द्रीय सचिवालय सदस्य सुरेश तामाङ पक्राउ परेका छन् ।

क्रान्तिकारी माओवादीका ३ नं. प्रदेश सेक्रेटरी दिनेश शर्माले पार्टीको नीति अनुरुप कंसाकारलाई कारवाही गरिएको बताए । उनले कंसाकारलाई कारवाही गर्नु टेलर मात्र भएको र भ्रष्टहरुलाई कारवाही अगाडि बढाउने बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.