देशभरको मौसममा फेरबदल,उच्च हिमाली भेगमा हिमपात

पुस २३, काठमाडौं । हिउँदे मौसममा एककाएक फेरबबदल भएको छ । सोमबार विहानै देखि देशका उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ ।

सबै भन्दा बढी पश्चिमी क्षेत्रमा हिमपात भइरहेको छ । बाजुरा, बझाङ, हुम्ला, जुम्ला, लगायतका क्षेत्रमा अहिले पनि हिमपात जारी रहेको त्यहाँ स्थानियले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिन भर देशभरको मौसममा आंशिक बदलि हुनुका साथै हल्का बर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । हिमापातका कारण उच्च लेकाली भागमा चिसो बढेको छ ।

अहिले काठमाडौंमा समेत हल्का बर्षा भइरहेको छ भने नजिकैका डाँडा फुलचोकी र चन्द्रागिरिमा हिमपात भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.