नेपालबाट ७७ जना देशनिकाला

पुस २२, काठमाडौं । सरकारले वैशाखयता विभिन्न २४ देशका ७७ जना विदेशी नागरिकलाई देशनिकाला गरेको छ ।

गृह मन्त्रालयका अनुसार भिसाविना नै नेपाल बसेका, लागुऔषध कारोबार तथा आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउनेलाई देशनिकाला गरिएको हो ।

देशनिकालामा पर्ने नागरिकहरुमा पाकिस्तानका सबैभन्दा बढी २३ जना रहेका छन । समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.