अन्तिम खेलमा थ्री स्टार हिमालयन शेर्पाविरुद्ध खेल्दै

पुस २२, काठमाडौं । शीर्ष ३ मा स्थान बनाउन जित्नैपर्ने दबाबमा रहेको थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा आज हिमालयन शेर्पा क्लबबिरुद्ध खेल्दैछ ।

मनाङ मस्र्याङदी क्लबले उपाधी र संकटा क्लबले उपविजेताको स्थान पक्का गरिसकेपछि तेस्रो स्थानका लागि संघर्षरत थ्रि स्टार हिमालयन शेर्पाबिरुद्ध खेल्न लागेको हो । साताबाटोस्थित एन्फा मुख्यालयमा खेल दिउसो साढे २ बजे सुरु हुनेछ ।

१२ खेलमध्ये ७ मा जित, २ मा बराबरी र ३ खेलमा हार ब्यहोरेको थ्री स्टार २३ अंकसहित तेस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लब १ अंकले पछि रहेको अबस्थामा थ्रि स्टारलाई तेस्रो स्थानमा सुरुक्षित गर्न आजको खेल जित्नुपर्नेछ । शीर्ष ६ का लागि प्रयासरत हिमालयन शेर्पाले ५ मा जित ५ मा हार २ मा बराबरीको नतिजासहित १७ अंकका साथ सातौं स्थानमा छ । लिग अन्तगर्त दिउँसो साढे २ बजे अर्को खेलमा त्रिभुवन आर्मी क्लब मछिन्द्र क्लबसँग खेल्ँदैछ । हल्चोकस्थित शशस्त्रको मैदानमा शीर्ष ३ मा पर्ने सम्भावनालाई कायम राख्न आर्मी मछिन्द्रलाई हराउने रणनीतिमा छ । आर्मीले मछिन्द्रलाई पराजित गरेर मात्र शीर्ष ३ मा स्थान बनाउन पर्याप्त हुनेछैन । अर्को खेलमा थ्रिस्टार बराबरी वा पराजित हुनुपर्नेछ । ६ खेलमा जित ४ मा बराबरी र दुइ मा हार ब्यहारेको आर्मी २२ अंकसहित चौथो स्थानमा छ ।

मछिन्द्र क्लब ७ अंकसहित अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा छ । मछिन्द्रले १ मा जित, ४ खेलमा बराबरी र ७ खेलमा हार ब्यहोरेको छ । एन्फाले यसवर्षको लिगमा रेलिगेसनको प्रावधान हटाएकाले पुछारका दुई टोली घटुवा हुने छैनन् । मछिन्द्रलाई पनि घटुवाको डर छैन । ६ अंकसहित एनआरटी पुछारमा छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.