आज तोल ल्होसार धुमधामका साथ मनाइँदै

पुस २२, काठमाडौं । हिमाली क्षेत्रमा आइतबार तोल ल्होसार पर्व मनाइँदैछ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ लगायत हिमाली जिल्लामा तोल ल्होछार पर्व मनाउने गरिन्छ ।

तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसार मानिन्छ । तोलको अर्थ समयचक्र भन्ने हुन्छ ।पुस शुक्ल प्रतिपदाको दिनमा मनाइने यो पर्वमा आगन लिपपोत गरी चोखो बनाएर पूजाआजा गरी मान्यजनबाट आर्शिवाद लिने र बाबरी रोटी, फुरौला, कन्दमुल आदि प्रसादका रुपमा खाने चलन छ ।

यसो गर्नाले देवताको विजय र भुतप्रेतको हार हुने विश्वास छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.