मनकारि प्रदेशसभा सदस्य जसले आफूले प्राप्त गरेको तलबभत्ता सङ्घसंस्थालाई सहयोग गरे

पुस २२, कास्की । गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारीले संसद सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्नुभएको छ ।

प्रदेशसभा सदस्यमा निर्वाचित भएर २०७४ माघ ७ गते शपथ लिएसँगै त्यसबेलादेखि मङ्सिर मसान्तसम्मको तलबभत्तावापतको रु चार लाख ५० हजार विभिन्न सङ्घसंस्था, विद्यालय, क्लब तथा आमा समूहलाई प्रदान गरेको सांसद पहारीले बताउनुभयो । उहाँले कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाइपका लागि रु ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समिति–६ लाई रु ८० हजार, बलात्कारपछि हत्या गरिएकी बालिका श्रीया सुनारको परिवारलाई रु १० हजार, विभिन्न आमा समूहलाई रु ४० हजार र कास्की खेलाडी सङ्घलाई रु २३ हजार बराबरको युरोगार्ड सहयोग गरेको जानकारी दिनुभयो ।

पहारीले आफ्नो निर्वाचन क्षेत्रका सिद्ध आधारभूत विद्यालय लुम्ले, ज्ञानोदय आधारभूत विद्यालय अन्नपूर्ण–६, जनसिद्ध आधारभूत हर्पन, सिद्धबराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा–५, सिर्जना सामुदायिक विद्यालय अन्नपूर्ण–१, धारापानी विद्यालय पाउँदुर र प्रगतिशील मावि सल्यानलाई पिउने पानीका लागि एक÷एक थान युरोगार्ड प्रदान गर्नुभएको छ । आगामी दिनमा पनि तलबभत्ता सामाजिक कार्यमै खर्चिने पहारीले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.