अदालतको फैसलालाई अपहेलना गर्दै बौद्ध परिसरमा अध्यक्षको दादागिरी

प्रारम्भ खोज ।
पुस २१, काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामालाई उच्च अदालत पाटनको आदेशको फैसलालाई समेत अपहेलना गरी परिसरभित्र अमानवीय व्यवहार गर्दै आएको बौद्ध तथा मेलम्ची घ्याङ (चिनियाँ लामा) गुठीको आरोप छ ।

पटक–पटक विवादमा आएको उक्त घ्याङ गुठी र बौद्धनाथ क्षेत्र विकास समिति पछिल्लो समयमा राजकुमार लामा अध्यक्ष नियुक्ति भएर आएपछि झन बढि विवादमा आएको खुलेको छ । केही दिन अगाडी गुठीले स्तूपामा प्वाल पारेको आरोप गर्दै अध्यक्ष लामाले धर्मगुरु लामा र केही कर्मचारीलाई समेत बल प्रहर गरी अमानवीय व्यवहार गरेको र पुजा गर्ने एक लामामाथी हातपात समेत गरेको त्यहाँका लामा परिवारले बताएको छ । सोही घटनापछि विवाद मिलेपनि शुक्रबार पुनः अध्यक्ष राजकुमारको टोलीले प्रहरी ल्याई पुजा गर्ने गुम्बाभित्र अनुमतिविना ताल्चा काटेर अर्को ताल्चा लगाएको लामाहरुले बताएको छ ।

समितिका अध्यक्षले पूजापाठमा समेत अवरोध सिर्जना गरी जबरजस्ती बल प्रयोग गर्दै आएको र गुम्बाभित्र हस्तक्षेप गरेको उनिहरुको भनाई छ । गुरु लामामाथी दूव्र्यहार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धमा समेत उजुरी परेको छ । सोही उजुरीमा भने प्रहरीले अध्यक्ष लामामाथी कुनै कारवाही प्रक्रिया अगाडी नबढाएको लामाहरुको गुणासो छ । पवित्र धार्मिक स्थलभित्र राजनीतिकरण गर्दै बल देखाएकोप्रति पुजारी लामाहरु आतांकित छन् । लामाले प्रयोग गर्दै आएको ओकेट्वके समेत फुटाईदिएको र धार्मिक हिंसा फैलाउने गरी दादागिरी देखाएको भन्दै सुरक्षाका लागि काठमाडौं महानगर वडा नं. ६, को कार्यालय, जिल्ला प्रशासन कार्यालय र बौद्ध प्रहरी कार्यालयमा निवेदन दिने तयारीमा रहेको गुठीभित्रका एक स्रोत बतायो । अध्यक्षले ताल्चा काटेर अर्कै ताल्चा लगाएर गएपछि त्यहाँ स्थित बौद्धपरिसरमा कुनै चोरी तथा क्षति भएमा विकास समितिले जिम्मेवारी लिनुपर्ने सूचना समेत मेलम्ची घ्याङ गुठीले टाँसेको जनाएको छ ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्र्तगत रहेको उक्त बौद्धनाथ क्षेत्र विकास समितिले कानुनी मापदण्डभन्दा बाहिर रहेर हस्तक्षेप गरेको र बौद्ध परिसरभित्र अवैधानिक रुपले शुल्कहरु उठाएर अनिमियतता समेत गर्दै आएको आरोप छ । अदालतले फैसला गरेको मिसिलअनुसार कि.नं. ४७ र १९० का जग्गामा रहेका बौद्ध तथा मेलम्ची घ्याङ गुठीमा गुठी संस्थानले गरिने काम कर्तव्यलाई समेत स्पष्ट लिखित आदेश भएपनि त्यस आदेश विपरीत समितिले काम गर्दै आएको छ ।

गुठीको कार्य क्षेत्रको हकमा बौद्ध तथा मेलम्ची घ्याङ गुठी साविकदेखि रहेका उक्त जग्गा र सो मा रहेका मठ, मन्दिर, गुम्बा, बिहार, पोखरी आदि प्राकृतिक वा मानवीय निर्मित संरचनाको सञ्चालन, प्रर्वद्धन गर्ने र पूजा गर्ने कर्तव्य गुठी संस्थान ऐन, २०३३ को दफा १६(२) बमोजिम उक्त कार्य पाँचौं शदिदेखि निजि गुठीबाट हुँदै आएको र वर्तमान समयमा गुठी संस्थानले नियुक्त औतारी गुरु चिनियाँ लामाले गर्न पाउने मिति २०७५ असार १२ गते जारी आदेसको इजलास नं.४ निर्णय नं. ६९९ मा उल्लेख गरिएको पाएको छ । क्षेत्र विकास समितिले गुठीको हाताभित्र रकम असुल २०५७ सालदेखि हुदै आएको र समितिले उठाउने कार्यको कुनै वैधानिक आधार नभएको खुलेको छ । अदालतबाट उक्त कार्य गर्न बञ्चित गराए पनि समितिले अहिले पनि रकम असुल्दै आएको छ । २०५७ सालदेखि बौद्ध परिसरबाट उठाएको रकमबाट ३२ करोडभन्दा बढि बौद्धनाथ क्षेत्र विकास समितिले आर्थिक हिनामिना समेत गरेको एक स्रोतले बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.