प्रारम्भ खबर ।
पुस २१, काठमाडौं । नेपाल तामाङ समाजले आज राजधानीमा आयोजीत एक अन्र्तक्रिया तथा सुझाव संकलन कार्यक्रममा बोल्दै तामाङ समुदायका अगुवा र सांसदहरुले अब दुई ठूला तामाङ संस्थाहरु एकता हुने बताएका छन् ।
‘शिक्षा, नेतृत्व र आर्थिक विकासको पहुँचमा तामाङ समुदाय’ भन्ने विषयमा आयोजित उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ र नेपाल राष्ट्रिय तामाङ घेदुङका दुई महासचिव बाबु घिसिङ र प्रविन तामाङले यो वर्ष नै दुवै घेदुङ एकता हुने बताएका छन् । सरकारी कामकाज र अधिकारका आन्दोलनमा समस्या आएको जिकिर गर्दै महासचिव बाबु घिसिङले तामाङ संस्थाहरु एक नभएसम्म कुनै लक्ष्य प्राप्त गर्न नसकिने बताए । उनले कार्यक्रमको विषयवस्तुमा प्रवेश गर्दै शिक्षा विषयगत हिसावले विज्ञ हासिल गर्न सकिने शिक्षा प्रणालीको आवश्यकता रहेको बताए । अर्का महासचिव प्रविन तामाङले पनि तामाङ संस्थाहरु एक भएर पहिचान र तामाङको अधिकार सुनिश्चित गर्न दुई संस्थावीच गृहकार्य अगाडी बढिरहेको बताए । उनले यसै वर्षको सोनाम ल्होसारलाई समेत एकैदिन एकै ठाउँमा मनाएर तामाङहरु एकताको सन्देश दिने अभिव्यक्ति दिए । महासचिव तामाङले समुदायको आर्थिक विकासका लागि सामुहिक लगानी गर्ने चेतना अभिवृद्धिमा जोड दिए ।

त्यस्तै कार्यक्रममा युवा समाजसेवी तथा व्यवसायी सार्कीमान लामाले शिक्षामा तामाङ समुदायलाई अगाडी बढाउन भाषिक आन्दोलनको सुरुवात गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा प्रदेश सांसद आशामाया तामाङले नेतृत्व तहमा समुदायलाई लैजान सबै तामाङ संस्थाहरुलाई एक जुट बनाउन आफुले भूमिका खेल्ने बताईन् । सांसद तामाङले तामाङ समुदायको हकहित र अधिकारका हरेक विषयमा सदनमा कुरा उठाउने जिकिर गरिन् । उनले प्राविधिक शिक्षामा जोड दिर्दै हरेक स्थानीय तहमा समेत शैक्षिक जागारणलाई पनि संगै लानुपर्ने सुझाव दिईन् । प्रदेश सांसद तामाङले नेतृत्व विकासमा आउनलाई शिक्षालाई प्राथामिकता दिर्दै सक्षम र क्षमता अभिवृद्धिका लागि समय सन्र्दभअनुसार बहस तथा अन्तरक्रिया कार्यक्रमहरुलाई निरन्तरता दिर्दै जानुपर्ने र आफ्नोतर्फबाट सहयोग समेत गरिने प्रतिवद्धतता जनाईन् ।

कार्यक्रममा पूर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिनले नेतृत्वको लागि राजनीतिक चेतनामा जोड दिनुपर्ने सुझाव दिए । आर्थिक विकासका लागि संस्थागत तथा सामुहिक व्यवसाय गर्नुपर्ने बताउँदै उत्पादन क्षेत्रमा लगानी गर्ने खालको चेतना समुदाय स्तरमा पु¥याउन आवश्यक रहेको बताए । राजनीतिक आस्था जहाँ भएपनि संस्कार, संस्कति र अधिकारका विषयमा एक ठाउँमा उभिन सबै राजनीतिक दलमा रहेका तामाङ नेतृत्वलाई आग्रह गरे ।

तामाङ समुदाय जागारण –२०७५ अभियानका लागि सुझाव तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङले केन्द्रिकृत सोचलाई चिर्दै तामाङ समुदायका नेतृत्वकर्ताहरु अगाडी बढ्नुपर्ने सुझाव व्यक्त गरिन् । उपसभामुख तामाङले शिक्षा नीतिमै परिमाजर्नन गर्न आवश्यक रहेको प्रस्ट्याउँदै शिक्षालाई भाषिक तथा बालमैत्री बनाउने पक्षमा सदनमा प्रस्ताव लैजाने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रमका सभापति तथा नेपाल तामाङ समाजका अध्यक्ष पेमा तामाङले तामाङ समुदाय जागारणलाई देशव्यापी लैजान योजना बनाएका बताउँदै आवश्यक कानुनी प्रवाधान तथा सहयोगको समेत अपेक्ष गरिन् । संस्थाका सचिव भिम लामाले देश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायलाई एक ठाउँमा ल्याउन र भातृत्वको सम्बन्ध स्थापीत गराउन तामाङ जागारण अभियानको आवश्यकता रहेको जानकारी दिदै सबैलाई सकारात्मक रुपमा सुझाव तथा सहयोग गर्न अह्वान गरे ।

