मनमोहन कप क्रिकेटको टाइसिट सार्वजनिक, यस्तो छ खेल तालिका

पुस २०, सुनसरी। सदरमुकाम इनरुवामा भोलिबाट सुरु हुन लागेको मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको छ ।

पुष २१ गतेबाट संचालन हुन लागेको प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाउँदै छन । ७ वटै प्रदेश सहित तीन विभागिय टिमका साथै आयोजक र एक भारतको सुपौल क्रिकेट टिम इनरुवा खेल मैदानमा हुने एक दिवसीय क्रिकेटमा प्रतिष्पर्धा गर्न लाग्दैछन । सार्वजनिक टाइसिटका अनुसार ग्रुप ए मा नेपाल पुलिस क्बल सहित प्रदेश नम्वर २ र आयोजक शान्तिदीप इनरुवा रहेको छ । त्यसैगरी ग्रुप बी मा नेपाल आर्मी सहित प्रदेश नम्वर ३ र प्रदेश नम्वर ६ परेका छन । ग्रुप सी मा पर्ने टिमहरुमा प्रदेश नम्वर ५, प्रदेश नम्वर ७ र भारतको सुपौल क्रिकेट क्लब रहेका छन । त्यसैगरी ग्रुप डी मा सशस्त्र प्रहरीका साथै प्रदेश नम्वर १ र प्रदेश नम्वर ४ रहेका छन । प्रतियोगिता अन्र्तगत पहिलो खेल पुष २१ गते नेपाल पुलिस क्लब र प्रदेश नम्वर २ बीच हुनेछ ।

माघ ५ गते हुने प्रतियोगिताको फाइनलको बिजेताले नगद ४ लाख १ हजार सहित शिल्ड पाउने छ भने उपबिजेता टोली २ लाख १ हजार रासी प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनल पुग्ने २ टिमले समेत २५ हजारका दरले पुरस्कार हात पार्ने छन । यसैबिच प्रतियोगिताको औपचारिक उद्घाटन भने आज गरिँदै छ । इनरुवा खेल मैदानमा आज दिउँसो विशेष कार्यक्रमकाबिच प्रतियोगिताको औपचारिक उद्घाटन गरिने कार्यक्रम संयोजक विप्लव घोषले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.