मदिरा पिएपछि कसरी र किन हुन्छ ह्याङओभर ?

पुस २०, काठमाडौँ । थोरै मदिरा पिउने भनेर पार्टीमा सहभागी हुने तर पिउँदै जाँदा बढी पिउने आम आदत हो। मदिराको नसा जब सकिन्छ, टाउको भारी हुन्छ। थकान महशुस हुन्छ। कतिलाई उल्टी हुने चक्कर आउने पनि हुन्छ।
मान्छेहरु भन्छन्– यो पिउनुको ह्याङओभर हो।  त्यसपति अनेक थोक खान सुझाउँछन् । ज्यादा मदिरा पिएपछि अधिकांस ह्याङओभरको समस्या झेल्छन्। ह्याङओभर उतार्ने कुनै तरिका हुन्छ वा हुँदैन ?

हजारौं वर्ष पुरानो चुनौती 

ह्याङओभर कसरी उतार्ने ? यो सवाल आजको होइन, मदिरा प्रचलनमा आएदेखिकै हो । मिश्रमा पाइएको १९ सय वर्ष पुरानो भोजपत्रमा मदिराको ह्याङओभरबाट छुट्कार पाउने उपाय लेखिएको थियो । यसको अर्थ के हुन्छ भने त्यो समय पनि मान्छेहरु मदिराको ह्याङओभरबाट मुक्ति पाउने उपाय खोजीरहेका थिए।

अहिले वा उहिले विभिन्न तरिका बताइने गरिएको छ । जस्तै: चराको मासु खान, काचो अन्डा खाने, टमाटरको जुसलगायत बताइने गरिएको छ। सामान्यतया समय नै धेरै मदिरा पिएको ह्याङ उतार्ने गरेको छ। सवैभन्दा ठूलो कुरा ह्याङओभर किन हुन्छ भन्ने विषय नै हो ।
किन हुन्छ ह्याङओभर ?

विज्ञान भन्छ कि धेरै मदिरा पिउँदा ह्याङओभर  हुन्छ।  जब टाउको भारी हुने, चक्कर आउने र थकानको महशुस हुन्छ तब शरीरबाट मदिरा निस्किसक्छ ।

भने कसरी र किन हुन्छ ह्याङओभर ?

मदिरा एथेनालबाट बन्छ। यसले हाम्रो शरीरमा रहेका इन्जाइम टुक्र्याएर अर्को केमिकलमा परिणत गरिदिन्छ ।  यसमध्ये सबैभन्दा महत्वपूर्ण हुन्छ–  एसिटेल्डिहाइड। यसैले अझै टुक्रयाएर एसिटेट नामक केमिकलमा बदल दिन्छ।  यो एसिटेट फेरि पानीमा बदलिन्छ।  कति वैज्ञानिकका अनुसार एसिटेल्डिहाइडका कारण ह्याङओभर हुन्छ।  तर केही अध्ययनले एसिटेल्डिहाइडको सम्बन्ध मातसँग छैन।

कति जानकार बताउँछन् कि मदिरामा मिसाइने अरु कुनै केमिकल ह्याङओभर गराउँछ। यसलाई कन्जेनर्स भनिन्छ। यी धेरै प्रकारका कण हुन्, जो व्हिस्की तयार गर्ने बेला मिल्छन्। यी रहेको महशुस तब हुन्छ, जब मान्छेहरु धेरै मदिरा पिउँछन्।

गाढा रङको मदिरामा यो तत्व बढी हुन्छ। यसैले भोड्का भन्दा यस्ता मदिराको मात बढी चढ्छ। जबकि हरेक व्यक्तिमा यसको असर भने फरक फरक देखिन्छ। ह्याङओभर उमेर र मात्रामा समेत निर्भर हुन्छ। बीबीसी फ्युचरबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.