काठमाडौं। काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले बिहीबार आफ्नो छैटौं स्थापना दिवस मनाएको छ ।
प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपाली स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको स्रहाना गर्दै आगामी दिनमा थप जनमुखी र बिश्वस्तरिय सेवा बिस्तार गर्दैजानुपर्ने र यसका लागि नेपाल सरकारले हरतरहले सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चेयरम्यान इ दिपक कुँवरले अस्पताललाइ यहाँसम्म ल्याइ पुर्याउन साथ दिने सबैलाइ धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यसैगरी साथ दिइरहन आग्रह गरे । अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेले स्वागत मन्तव्यका क्रममा ग्राण्डी अस्पताल को लोगोमा अंकित जिआइएच को अर्थ ुुगिभिङ फ्रम दि इनर हार्टुु अर्थात मनभित्रबाट नै उपचार सेवा भन्ने रहेको बताए । अस्पतालको आधारशिलाका रुपमा एथिक्समा आधारित उपचार, बिरामी केन्दित उपचार, र बिभिन्न बिशेषज्ञहरुसँग सहकार्यमा गरिने उपचार यस अस्पतालको आधारशिला भएकाले यस अस्पतालले बिरामीको अहित हुने कुनैपनि कुरामा कदापि सम्झौता गर्न नसक्ने जिकिर गरे ।
ग्राण्डी नेपाल र नेपालीको अस्पताल भएकाले सधैंझै नेपाल सरकारसँग सहकार्य गरी हातमा हात मिलाएर नेपाली स्वास्थ्य क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताए । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले अस्पतालको छैटौं बार्षिकोत्सबको शुभकामना दिए । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले एकेडेमिक्स अर्थात अध्ययन तथा अनुसन्धानमा पनि आफ्नो कदम अघि बढाएको जनाएको छ । यसै बर्षदेखी नयाँ बिभागका रुपमा एकेडेमिक्स तथा रिसर्च बिभाग स्थापना गरी नियमित ग्राण्डे लेक्चर पाक्षिक रुपमा आयोजना गरिरहेको छ भने बार्षिक रुपमा ग्राण्डे मेडिकल जर्नल समेत प्रकाशन आरम्भ गरेको छ ।

