भाइरल बन्दै भाइरसः आफू नजिकै खोकी रहेको व्यक्ति छन् भने सजग हुनुहोस्

पुस १८, काठमाडौँ। आफू नजिकै खोकी रहेको व्यक्ति छन भने सजग हुनुहोस्। खोकी लाग्नु भाइरसको संक्रमण हो। भाइरसका कारण हुने संक्रमण नै इन्फ्लुएन्जा हो। यसलाई फ्लु पनि भन्ने गरिन्छ ।

भाइरसका कारण हुने मौसमी रुघाखोकीले अहिले सबै उमेर समूहका व्यक्तिलाई सताएको छ। खोकी लागिरहने, नाकबाट पातलो सिंगान आउने र ज्वरो आएपछि अस्पताल धाउने बिरामीको संख्या दिनहुँ सय भन्दा बढी छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, कान्ति बाल अस्पताललगायत सरकारी एवं निजी अस्पतालमा उपचारका लागि आउने बढेको चिकित्सक बताउँछन्। निरन्तर खोकी लागिरहे आराम गर्न चिकित्सकको सुझाए छ।

हाच्छिउँ गर्दा हावाको माध्यमद्वारा निरोगी व्यक्तिमा भाइरस सर्न सक्ने हुँदा रुमालको प्रयोग गर्न उनीहरूको सुझाव छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.