पुस १७, काभ्रे । काभ्रेको तेमाल गाउँपालिका–७ चापाखोरि वडा कार्यसमितिको बिशेष पहलमा घरदैलो अभियान सन्चालन गरेको छ ।

जनताको सेवा घर आगनमा भन्ने मुल उद्देश्यको साथ उक्त अभियान शुरु गरिएको हो । यस अभियानमा वडा सचिबबाट नगारिकता सिफारिस, भेटनरी सिफारिस प्रमुखबाट पशु सम्बन्धी हरेक उपचार, जन्म दर्ता, बिबाह दर्ता, मृत्यु दर्ता, घर जग्गाको कर सङ्कलन, स्वास्थ प्रमुखबाट साधारण उपचारसहित औषधि बितरण ,कृषि प्रमुखबाट माटो जाँच र कृषि समन्धी हरेक जानकारी र पुनर्निर्माण टोलिबाट भुकम्प पछिको हरेक अवस्था माथी बिशेष परामर्श गर्दै ४ दिने अभियान सञ्चालन भएको छ ।

वडा अध्यक्ष ज्ञान बहादुर मोक्तान वडा सदस्य मिम दोङ र राजु लामाको उपस्थिति रहेको अभियान अन्तिम दिन वडाको धुल्खुमा गएर समापान हुने भएको छ । उक्त अभियानबाट प्रत्यक्ष जनता लाभान्वित हुने वडा अध्यक्ष मोक्तानले बताए । उक्त अभियान पुस १६ देखि २० गते सम्म सञ्चलान हुने समितिले बताए ।

