कामनपाका सञ्चारकर्मीद्वारा श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न विभागमा निवेदन

पुस १७, काठमाडौं । काठमाडौं महानगरपालिकाको सञ्चार क्षेत्रमा आवद्ध सञ्चारकर्मीहरुले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको माग राख्दै सूचना प्रविधि विभागमा निवेदन बुझाएका छन् ।

महानगरपालिकामा कार्यरत सञ्चारकर्मीहरुले मङ्गलबार महानगरपालिकाका सूचना प्रविधि विभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्गलाई भेटेर संयुक्त रुपमा निवेदन बुझाएका हुन् । सरकारले बनाएको ऐन सरकारबाटै कार्यान्वयन हुनुपर्ने, स्थानीय तहलाई सञ्चार व्यवस्थापनका लागि दिएको अधिकार प्रयोगमा ल्याई नीतिगत व्यवस्थाका लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने निवेदनमा उल्लेख छ ।

महानगरले आफू स्थानीय सरकार सञ्चालन ऐनबाट निर्देशित भएको भन्दै आन्तरिक सञ्चार व्यवस्थापनमा महानगरपालिका पन्छिन नपाउने सञ्चारकर्मीहरुको प्रतिक्रिया छ ।  विभागमा निवेदन दिएका समाचारकर्मीहरुले महानगरपालिका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, सूचना प्रविधि समितिका संयोजक ईश्वरमान डङ्गोलसँगै नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समिति र प्रेस रजिष्टर्डको कार्यालयलाई बोधार्थ दिएका छन् । निवेदन बुझेपछि सूचना प्रविधि विभाग प्रमुख प्रधानाङ्गले सञ्चारकर्मीको माग मेयर, उपमेयरसहित समितिसँगको छलफलमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.