पुस १७, काठमाडौं । बोधि श्रवण धर्म संघले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बौद्ध धर्मगुरु रामबहादुर बमजनमाथि लगाइएको आरोप निराधार रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइदिन माग गरेको छ । संघका अध्यक्ष निलबहादुर थिङ नेतृत्वको टोलीले दहाललाई भेटेर यस्तो माग गरेको हो ।
दाहाललाई बुझाइएको ज्ञापनपत्रमा केही अनलाइन पोर्टलले बमजनबारे समाचार सामग्री प्रकाशन र प्रसारण गरेर साम्प्रदायिक दंगाफसाद भड्काउन उद्यत रहेको आरोप लगाइएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘‘केही वौद्धमार्गीहरुले महासम्बोधि भर्म संघ गुरुज्युलाई बुद्धधर्मको निरन्तरतामा लिन खोजेका थिए । त्यो हुन नसकेको पीडा पनि यी र यस्ता क्रियाकलापहरुको प्रतिविम्वन गरेका छन् कि भन्ने आशंका गर्ने ठाउँहरु छन् ।’’
बोधि धर्म संघले बमजनमाथि हिलो छ्याप्न लागेका समूहमाथि लगाम लगाई नियन्त्रणमा लिएर सर्वजगत कल्याणको करुणामयी मार्गलाई अवरोध मुक्त गराउन माग समेत गरेको छ ।

