पुस १६, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८, बहादुरगन्जमा यात्रीवहाक बसको ठक्करबाट सोमबार एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कृष्णनगर–८, डमरमरुवाकी ६५ वर्षीया तारमति कोरी छन् । कृष्णनगरबाट चन्द्रौटा जाँदै गरेको लु१ख ६९०९ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । बसका चालक फरार छन् ।