१ सय ६० किलोग्राम चरेशसहित ट्रकचालक पक्राउ

पुस १६, पर्सा । पर्सामा अवैध लागुऔषध चरेश १ सय ६० किलोग्राम सहित एकजना ट्रक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमाना ४ ख २९५८ नम्बरको ट्रकका चालक हेटौडा उपमहानगरपालिका–१२ पदमपोखरीका २९ वर्षीय नेत्रबहादुर वल रहेका छन् ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–३१ परवानीपुर–मिलनचोक सडकखण्डबाट जाँचका क्रममा ट्रकबाट चरेश बरामद गरेको हो । ट्रकमा बडि र क्यावीनको बीचको भागमा फल्स बटम बनाई चरेश लुकाइएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले ट्रकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि पनिलागुऔषध व्युरोको टोलीले पटक–पटक काठमाडौं, हेटौडाबाट ट्रकमा लागुऔषध ओसारपोसार गर्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.