मनोहरा साहित्य समाजद्वारा नेपाली साहित्यका स्रष्टा सम्मान

पुस १५, काठमाडौं । मनोहरा साहित्य समाजले शनिबार नेपाली साहित्यका सक्रिय केही स्रष्टाहरुको सम्मान गरेको छ ।

समाजको तेस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा साहित्यकारहरुबाट दुई जना र मासिक रुपमा प्रस्तुत कविता वाचन कार्यक्रममा सहभागी कविहरु मध्येबाट दुई जना कविलाई अभिनन्दन तथा सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। जगमान गुरुङले साहित्यकारहरु बुनु लामिछाने तथा त्रिभुवनचन्द्र वाग्ले र कविहरु पुरुषोत्तम सिग्देल तथा डिल्लीप्रसाद मुलतिउनलाई सम्मानपत्र प्रदान गर्दै अभिनन्दन गरे ।

प्रमुख अतिथि डा. गुरुङले मनोहरा साहित्य समाजले गर्दै आएको क्रियाकलापको चर्चा गर्दै अभिनन्दित स्रष्टाहरुलाई शुभकामना दिए । समाजका संयोजक डिल्लीराज अर्यालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पुरुषोत्तम सिग्देल, बुनु लामिछाने, डिल्लीप्रसाद मुलतिउन, तारा गाउँले, खोलाघरे साईँला, जगदिश्वर पोखरेल, खेमलाल पोखरेल, सम्पत काफ्ले, समीर पाख्रिन, भगवति पाण्डे, घनश्याम प्रसाई, गोविन्द नेपाल, नारायण ज्ञवालीलगायतले आफ्ना रचना वाचन गरेका थिए ।  विगत तीन वर्षदेखि मनोहरा साहित्य समाजले प्रत्येक महिनाको दोस्रो साताको शनिबार कविता वाचन कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.