जलवायु परिवर्तन राष्ट्रिय सम्मेलन आजबाट सुरु

पुस १५, काठमाडौं । जलवायु परिवर्तन राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ । सम्मेलन आजबाट सुरु भएपनि उद्घाटन भोली हुनेछ ।

जिल्ला समन्वय महासंघको आयोजनामा सिन्धुपाल्चोकमा सुरु हुन गइरहेको जलवायु परिवर्तन राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा विज्ञहरुले वातावरण विकासको अभिन्न अंग भएकाले वातावरणीय पक्षलाई मूल प्रवाहीकरण गरेर योजना निर्माण तथा कार्यान्वयन गर्न जोड दिएका हुन् । जलवायु परिवर्तनको असरले विश्वकै चौथो जोखिमयुक्त मुलुकको सूचीमा रहेको नेपालले वातावरणलाई वेवास्ता गरेको अगाडि बढाएको विकासले प्रतिफल दिन नसक्ने मत विज्ञहरूको छ ।

वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा। महेश्वर ढकालका अनुसार विकासका नाउँमा डाँडाकाँडामा डोजर चलाउने, नदी, खोलानालाबाट अव्यवस्थित तरिकाले ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खनन नरोकिने हो भने बाढी, पहिरो तथा डुवानको समस्या विकराल रुपमा नेपालले भोग्नुपर्ने हुन्छ । सम्मेलनमा ७७ जिल्लाका समुन्यसमितिका प्रमुख, उपप्रमुख, सरकारका उच्चअधिकारी, विज्ञहरुको सहभागिता रहनेछ । सम्मेलनको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.