सरकारले गर्न चाहेका नवीन कामहरुमा अवरोध सिर्जनाः सञ्चारमन्त्री

पुस १४, काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले गर्न चाहेका नवीन कामहरुमा अवरोध सिर्जना भईरहेको बताएका छन् । शनिबार काठमाण्डौमा भएको क्यान फेडरेसनको २५ औ वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले घोषणा गरेका नविन काम अदालत तथा बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुन थालेको गुनासो गरे ।

विरोध र अवरोध गर्नेहरुले आफ्नो क्षेत्राधिकार बुझेर काम नगर्दा सरकारालाई काम गर्न अप्ठ्यारो पर्ने गरेको पनि उनले बताए । उनले सरोकारित र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी नबुझेर अर्काको क्षेत्राधिकार मिच्ने परिपाटीका कारण समस्या सिर्जना भएको दाबी गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.