ट्रकको ठक्करबाट एकको मृत्यु

पुस १३, चितवन । भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी साधान दुर्घटनामा परी आज बिहान एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेका छन् । आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना७ख १३९४ नम्बरको ट्रकले साइकलयात्री चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् । दुर्घटना बिहान ७ः३० बजे भएको थियो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.