पुस १२, काठमाडौं । सरकारले ३ सय वटा विद्युतीय बस किन्ने भएको छ । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले काठमाडौं उपत्यकामा चलाउन विजुली बस किन्ने निर्णय भएको हो ।
बिहीबार पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको जानकारी दिए । उनले भने, “नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ ।” उनले थपे, “काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिइएको हो ।”

